शिक्षामा बालबालिकाको पहुँच सुनिश्चित
काठमाडाैं | साउन २०, २०७९
काठमाडौं: ईश्वरपुर नगरपालिका–४ लाई जिल्लाकै पहिलो बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित भएको वडा घोषणा गरिएको छ । उक्त वडाको सागरनाथका चारदेखि १२ वर्ष उमेर समूहका सतप्रतिशत बालबालिकालाई अनिवार्य शिक्षामा सहभागी गराइएपछि वडालाई जिल्ला कै पहिलो बालबालिकाको सतप्रतिशत शिक्षामा पहुँच सुनिश्चित भएको वडा घोषणा गरिएको हो ।
वडा कार्यालयको आयोजना तथा ग्रामीण नारी उत्थान सङ्घ र सेभ द चिल्ड्रेनको सहयोगमा ‘वडाका सबै बालबालिकालाई विद्यालय पठाऔँ, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौँ ।’ भन्ने नारासहित अभियान सञ्चालन गरेर उक्त वडालाई बालबालिका सतप्रतिशत शिक्षामा पहुँच सुनिश्चितता भएको वडा घोषणा गरिएको ग्रामीण नारी उत्थान सङ्घकी अध्यक्ष गोमादेवी न्यौपानेले बताउनुभयो ।
नगरपालिका र वडा कार्यालयको विशेष सहयोगमा चारदेखि १२ वर्ष उमेर समूहका वडाका ५५३ बालबालिकालाई विद्यालय पठाउन सफल भएको अध्यक्ष न्यौपानेले जानकारी दिनुुभयो । गाउँघरमा रहेका बालबालिकालाई विद्यालयसम्म कसरी पु¥याउन सकिन्छ, के कारणले बालबालिका विद्यालय जान सकिरहेका छैनन् र शिक्षित गाउँ कसरी घोषणा गर्न सकिन्छ भन्ने विषयमा मूल्याङ्कन गरी निरन्तर काम गर्ने नगरप्रमुख मनोजकुमार आचार्यले बताउनुभयो । उहाँले नेपाल सरकारले ल्याएको आधारभूत शिक्षा अनिवार्य नीतिलाई नगरले कडाइका साथ लागू गर्ने जानकारी दिनुभयो ।
जिल्लाका २० स्थानीय निकायका २०० वडामध्ये सबैभन्दा पहिला ईश्वरपुर नगरपालिका–४ लाई बालबालिकाको अनिवार्य शिक्षामा पहुँच सुनिश्चित वडा घोषणा गरिएको उक्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिप्रसाद दाहालले बताउनुभयो ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

